पोखरा । आसन्न स्थानिय निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले माछापुच्छ्रे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका उम्मेद्वारको टुंगो लगाएको छ ।
आगामी बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा नवराज भण्डारी र उपाध्यक्षमा प्रविणा अधिकारीलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो ।
मंगलबार बसेको गाउँपालिका कमिटीको बैठकले सर्वसम्मत रुपमा अध्यक्षमा भण्डारी र उपाध्यक्षमा अधिकारीलाई उम्मेद्वारका रुपमा सिफारिस गर्ने निर्णय गरेको गाउँपालिका कमिटीका अध्यक्ष बैकुण्ठ भडारीले जानकारी दिए ।
उनका अनुसार ९ वडा रहेको पालिकाको अधिकांस वडाको उम्मेदवार सिफारिस भइसकेको र बाँकी वडाको बुधबार साँझसम्म सकिने छ ।
अध्यक्ष र उपाध्यक्षमा सर्वसम्मत सिफारिस दुबै उम्मेदवार विद्यार्थी राजनीतिबाट राजनीतिमा प्रवेश गरेका हुन् । दुबै जना हाल माओवादी केन्द्रको प्रदेश कमिटीको सदस्य हुन् ।
भण्डारी जनयुद्धकालदेखीनै अखिल क्रान्तिकारीमा आवद्ध हुँदै भुमिगत थिए । युद्धकालमा भण्डारीले विद्यार्थी, सैन्य लगायतका फाँटमा काम गरेका थिए । अध्यक्षमा प्रश्तावित भण्डारी वडा नं ७ धम्पुस र उपाध्यक्षका उम्मेदवार अधिकारी वडा नं ४ लाहाचोक निवासी हुन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







