नेकपा एमाले भिमादनगर कमिटीले आसन्न स्थानीय तह निर्वाचनमा प्रमुख पदको उम्मेदवार छनोटका लागि मतदान गरेको छ।
प्रमुख पदका लागि ८ जना आकांक्षी भएपछि भिमाद नगर कमिटीले मतदानमार्फत् २ जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो।
मतदानमार्फत् भिमाद नगर कमिटीका अध्यक्ष ईमानबहादुर थापा र दधिराज सुवेदी प्रमुख पदका उम्मेदवारका लागि सिफारिस भएका छन्। थापाले ५७ र सुवेदीले ५८ मत प्राप्त गरेका छन्। वर्तमान नगरप्रमुख मेखबहादुर थापाले ३६ मत प्राप्त गरे।
यसैगरी, उपप्रमुखमा शारदा खनाल, नारायणी गैह्रे र चन्द्रावती श्रेष्ठ सिफारिस भएका छन्। एमालेको विधान बमोजिम प्रमुख र उपप्रमुखमा क्रमशः २ पुरुष र १ महिला उम्मेदवार सिफारिस गर्नुपर्ने प्रावधान थियो।
सबै उम्मेदवारबीच छलफल भएपनि सहमति नभएपछि मतदानमार्फत् उम्मेदवार सिफारिस गरिएको बताइएको छ।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ १२ पोखरामा बाढी पीडितको शव व्यवस्थापन गर्न सकस भएको…





