लक्ष्मीआदर्श बहुमुखी क्याम्पसमा नया वर्षको शुभकामना आदानप्रदान


     एभरेस्ट आवाज    
     चैत्र ३० गते २०७८ मा प्रकाशित




पोखरा, चैत ३०
पोखरा महानगरपालिका वडा नं २७ लक्ष्मी आदर्श बहुमुखी क्याम्पसले नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना आदानप्रदानसँगै विद्यार्थीमा अन्तरनिहीत प्रतिभा प्रष्फुटित कार्यक्रमको आयोजना गर्यो ।
बुधबार क्याम्पस प्रांगणमा आयोजित कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष खगेन्द्र आचार्यले महानगरपालिकाको उत्कृष्ट क्याम्पस भएको भन्दै क्याम्पसलाई अझै उत्कृष्टता बनाउने जिम्मा विद्यार्थी एवं शिक्षकको भूमिका महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा क्याम्पस प्रमुख रामजी लामिछानेले शिक्षा संकायमा विद्यार्थीहरुको आकर्षण बढ्दै गएको र यो आकर्षणलाई थाम्ने क्याम्पसको रुपमा स्थापित भएको स्पष्ट पारे । शुभकामना आदान प्रदान कार्यक्रममा क्याम्पसका प्राध्यापक तारा शर्मा, सहायक क्याम्पस प्रमुख हेमराज आचार्य लगायतले क्याम्पसको शैक्षिक गतिविधिको बारेमा प्रष्ट्याएका थिए ।
क्याम्पसमा झण्डै ३ सय विद्यार्थीहरु अध्ययनरत छन् । विद्यार्थीहरुले आ–आफनो अन्तरनिहीत प्रतिभा अन्तर्गत एकल नृत्य, सामूहिक नृत्य, गायन जस्ता गतिविधि गरेको प्राध्यापक विकास खनालले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।