पोखरा ३ का अटेरी उम्मेद्वारले वैशाख ३ मा कार्ययोजना सार्वजनिक गर्ने


     एभरेस्ट आवाज    
     चैत्र ३० गते २०७८ मा प्रकाशित




पोखरा ।

पोखरा ३ बाट अटेरी उम्मेद्वारी घोषणा गरेको अभियन्ताले ३ गते कार्ययोजना सार्वजनिक गर्ने भएका छन् । यसअघि पोखरा महानगर प्रमुखको पदमा उम्मेद्वारी घोषणा गरेका गनेस पौडेलले पोखरा लक्ष्य २०७९ नाम दिएर कार्ययोजना सार्वजनिक गरि सकेका छन् ।

पोखरा ३ बाट वडाध्यक्ष पदमा अटेरी उम्मेद्वारी घोषणा गरेका महेश उदासले आफ्नो उम्मेद्वारीबारे वैशाख ३ गते कार्ययोजना सार्वजनिक गर्ने अटेरीका निर्वाचन अभियान संयोजक हरि कार्कीले जानकारी दिए । पोखरा १४ बाट अटेरी उम्मेद्वारी घोषणा गरेका अभियन्ताहरुले कार्ययोजना सार्वजनिक गर्ने भने पनि पोखरा ३ बाट उम्मेद्वारी घोषणा गरेका उम्मेद्वार उदासको कार्ययोजना सार्वजनिक गर्ने उनले सुनाए ।

वडाभित्रै कार्ययोजना सार्वजनिकीकरण कार्यक्रम राखिए पनि स्थान र समय भने छिट्टै तोकिने संयोजक काकीले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।