कास्की र मुस्ताङ बाहेक गण्डकीका सबै जिल्ला कोरोनामुक्त


     एभरेस्ट आवाज    
     चैत्र ३० गते २०७८ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशका कास्की र मुस्ताङ बाहेकका सबै जिल्ला कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा कास्कीमा एक र मुस्ताङमा ४ जनामा कोरोना संक्रमण हुँदा बाँकी ९ जिल्लाका कसैमा पनि संक्रमण पुष्टि नभएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

बुधबार विभिन्न प्रयोगशालामा ५१ जनामा गरिएको परीक्षणमा मुस्ताङका ४ र कास्कीका एक जना गरी ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

थपिएका संक्रमितसहित गण्डकी प्रदेशमा सक्रिय संक्रमित संख्या ७ पुगेको छ । भने सोही अवधीमा एक जना निको भएका छन् । प्रदेशका कोरोना संक्रमितमध्य ६ जना होम आइसोलेसनमा छन् । कास्की एक जना संक्रमितको आईसीयूमा राखेर उपचार भईरहेको छ ।

हालसम्म गण्डकी प्रदेशमा एक लाख दुई हजार जना कोरोना संक्रमित हुँदा एक लाख ५२७ जना निको भइसकेको प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका गण्डकीका संयोजक नवराज शर्माले जानकारी दिए । शर्माका अनुसार सक्रिय संक्रमित मध्य कास्कीमा ३ र मुस्ताङमा ४ जना छन् ।

यस्तै प्रदेशमा कोरोना संक्रमणकै कारण हालसम्म एक हजार ४६६ जनाको ज्यान गुमेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।