पोखरा–२७ का एमाले उमेदवारहरुको घरदैलो कार्यक्रम


     एभरेस्ट आवाज    
     वैशाख १ गते २०७९ मा प्रकाशित




सर्वसम्मत उमेदवार सिफारिस भएपछि पोखरा महानगरपालिका वडा नंं २७ मा नेकपा एमालेले घरदैलो अभियानलाई तिव्रता दिएको छ।

नेकपा एमालेको तर्फबाट वडा अध्यक्षको उमेदवारमा सुर्यमणि लामिछानेको नेतृत्वमा सर्वसम्मत जुटेको हो।

खुल्ला वडा सदस्यमा तारानाथ दवाडी, प्रकाश देवकोटा, महिला खुल्ला सदस्यमा बुद्धिमाया थापामगर र दलित सदस्यमा उमा परियारको नाममा सहमति जुटेको थियो। त्यसपछि, वडाले महानगरलाई उमेदवार सिफारिस गरेपछि एमाले पोखरा २७ ले चुनावी घरदैलो अभियानलाई तिव्रता दिएको हो।

प्रत्यासी उमेदवार सहित एमालेका कार्यकर्ताहरुले वडा नं. २७ का विभिन्न स्थानको घरदैलोमा मत माग्न व्यस्त देखिए। अहिलेसम्म उनीहरुले चुनावी अभियानका रुपमा छत्रेढुंगा मरेखरे, पण्डित थर, कुमालगाउँ एकता टोलमा घरदैलो सम्पन्न गरिसकेको अध्यक्षका प्रत्यासी सुर्यमणि लामिछानेले जानकारी दिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।