नेकपा माओवादी केन्द्र पोखरा ९ मा सम्पर्क कार्यालयको उद्घाटन


     एभरेस्ट आवाज    
     वैशाख १ गते २०७९ मा प्रकाशित




पोखरा । नेकपा माओवादी केन्द्र पोखरा महानगर वडानं ९ को सम्पर्क कार्यालय उदघाटन गरिएको छ ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज राजकाजी गुरुङ (करण) र केन्द्रीय सदस्य तथा महानगर इन्चार्ज दीपक कोइराला (रुपक)ले संयुक्तरुपमा कार्यालयको उद्घाटन गरेका थिए ।

प्रमुख अतिथि करणले स्थानीय तहको निर्वाचमा पोखरामा माओवादीले चुनाव नजितेकोले विकासमा पछि परेको बताएका थिए ।

पोखराको विकासको लागि पाँच बर्ष खेरा गएको भन्दै नेता करणले यसपटकको निर्बाचनमा गठबन्धनका उम्मेदवारलाई विजयीगराउन जनतासंग अपिल गरे । भुमिहिन सुकुम्बासीको समस्या नबुझ्नेले चुनाव जितेकोले पोखरामा लालपुर्जा वितरण हुन नसकेको बताए ।

माओवादी केन्द्रका केन्दीय सदस्य तथा पोखरा महानगर इन्चार्ज दीपक कोइराला (रुपक)ले जनताले पोखरा महानगरमा पहिले गरेको गल्ती अहिले नगर्ने बताए ।

माओवादीले जितेका पालिकामा भुमिहिनले लालपुर्जा प्राप्त गरेको बताए ।देशलाई १८ घण्टा अन्धारमा राख्नेहरु संग नेपाली जनताले विकासको आस नगरेकोले विकासको निम्ति माओवादी केन्द्रलाई जिताउनु पर्ने बताए ।

पोखरा महानगरकमिटीका उपाध्यक्ष हर्कमान विश्वकर्माले पोखरा महानगरले भुमि आयोग संग सम्झौता नगर्दा पोखराका भुमिहिन आफ्नो अधिकारबाट बञ्चित हुन परेको बताए ।

आफ्नो अधिकारको लागि माओवादी केन्द्र निकट सुकुम्बासीहरुले आन्दोलन गरेर महानगर घेराउ समेत गर्नुपरेको स्मरण गरे ।
कार्यक्रम माओबादी केन्द्रका वडानं ९ का अध्यक्ष बम बहादुर कार्कीको अध्यक्षतामा भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।