नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (शनिबार) बस्दैछ।
स्थानीय निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाका उमेदवार टुंग्याउन बैठक बस्ने भएको हो।
दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका सबै पदाधिकारी र सदस्यलाई बोलाइएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा सभापति, पदाधिकारी र शीर्ष नेताहरू सम्मिलित रहन्छन्।
काँग्रेस स्थानीय निर्वाचनमा ५ दलीय गठबन्धनसँग सहकार्य गर्ने तयारीमा छ। तर, गठबन्धनबाट कसलाई उमेदवार बनाउने भन्ने विषयमा टुंगो लाग्न सकेको छैन।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १३ भदौ । सहारा क्लब पोखराले आयोजना गरेको ‘समर हाइकिङ फर…





