पोखरा । नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कास्कीमा समानान्तर कमिटी गठन भएको छ ।
पार्टी केन्द्रको १२ औं पुर्ण बैठकले संगठनात्मक निर्णयमा सेक्रेटरी गोकुल पराजुली बिस्वासलाई हटाएर कार्यलय सचिव काजि गुरुङ्गलाई सेक्रेटरी बनाएपछि कास्की जिल्लाका बहु सदस्यीय जिल्ला सदस्यले निर्णय उल्टाउन माग गर्दै बिप्लवलाई हस्ताक्षर सहित पत्र पठाउँदा समेत सुनुवाई नभएको भन्दै सेक्रेटरी बिस्वास सहितको टिमले समानान्तर कमिटी गठन गरेको हो ।
जिल्ला इन्चार्ज उमा भुजेल शिलुले विधि विधान नै मिचेर आँफुखुसी निर्णय गर्दै आफ्नो मातहतको सेक्रेटरी खडा गरेको साथै जिल्लामा गलत ट्रेण्डको विकास भएका कारण आँफुहरुले त्यसको बिरोध गर्दै क्रान्ति र पार्टीको रक्षाका लागी, आफ्नो बर्गको हितका लागी साथै कास्की जिल्लाको कम्युनिस्ट आन्दोलनलाई बिसर्जन गराउने गलत परिपाटीका बिरुद्द अगाडी बढ्नुपरेको बताएको एक जिल्ला सद्स्यले जानकारी दिए ।
शनिवार बसेको पार्टीको २१ औं बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको पनि नेकपा कास्की जिल्ला सेक्रेटरी गोकुल पराजुलीले बताए ।
यस्तै बैठकले नेपाल कम्युनिस्ट पार्टीको १२ औं पुर्ण बैठकको कार्यनितिमा रहेर संसदीय ब्यवस्थाको भण्डाफोर गर्ने, राष्ट्रघाति एमसीसी सम्झौताका बिरुद्द ब्यापक आन्दोलन गर्ने, राष्ट्रवादी, प्रगतिशील शत्तिहरुलाई सहयोग गर्ने साथै लामो समय क्रान्तिका लागी खटिरहेका जिल्ला सल्लाहकार धन बहादुर बि कको आवास निर्माण गर्ने गरेकोपनि सेक्रेटरी पराजुलीले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १४ भदौवाङ्मयिक र मानवअधिकारबारे पोखरामा हुने सबैजसो कार्यक्रममा पुग्ने टेकनाथ बरालको…






