अपडेट : वालिङमा जीप दुर्घटनाका मृतकको पहिचान खुल्यो


     एभरेस्ट आवाज    
     वैशाख ४ गते २०७९ मा प्रकाशित




स्याङ्जा । स्याङ्जाको वालिङमा आइतबार भएको जिप दुर्घटनामा एक बालक सहित ५ जनाको मृत्यु भएको छ ।

आइतबार बिहान साढे १० बजे डाँडाखर्कबाट यात्रु लिएर वालिङका लागि हिँडेको ग १ ज ७३९९ नम्बरको जीप दुर्घटना हुँदा एक बालक सहित ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । मृत्यु हुनेमा वालिङ नगरपालिका १२ वर्ष बिरबहादुर डाबा, वर्ष ४० की हिरा डाबा, वर्ष ३५ की समिला सारु, उनका ७ महिने छोरा गौरभ र वालिङ १४ का ६१ वर्ष कुलकुमारी कनौजे रहेका छन् ।

दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइतेमध्य ३ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय वालिङले जनाएको छ । घाइते सबैलाई वालिङ अस्पतालमा उपचारपछि थप उपचारका लागि पोखरा ल्याइएको छ ।
जीप अन्दाजी सय मिटर तल खसेको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।