तनहुँको शुक्लागण्डकी नगरपालिकाका मेयरले प्रयोग गर्दै आईरहेको सवारी सुविधा फिर्ता गरेका छन्।
शुक्लागण्डकीका मेयर किसान गुरुङले प्रयोग गर्ने ग १ झ ३२१ नम्बरको सवारीको चाबी प्रमुख प्रशासकिय अधिकृत लिलाबल्लभ न्यौपानेलाई आइतबार हस्तानतरण गर्दै सुविधा फिर्ता गरेका हुन्।
आसन्न स्थानीय तहको निर्वाचन नजिकिएसँगै आफूले चढ्दै आइरहेको सवारी फिर्ता गर्ने गुरुङ तनहुँमै पहिलो जनप्रतिनिधि हुन्। उनले फेरि पनि मेयरमा दोहोरिनलाई पार्टीमा आकांक्षा देखाएका छन्। काँग्रेस शुक्लागण्डकी नगर कार्यसमितिले उनीसहित १० जना आकांक्षी मेयरको नाम जिल्ला कार्यसमितिलाई सिफारिस गरेको छ।
अब मेयरको उमेद्वार सिफारिस भएपछि सरकारी सवारीको प्रयोग नगर्ने मेयर गुरुङको उद्घोष गरेका छन्। सरकारले दिएको सुविधामध्ये सवारी सुविधा फिर्ता गरेको उनले बताए।
निर्वाचन आचारसंहिता सुरु भएलगत्तै सवारी फिर्ता गर्न चाहेपनि कार्यालयको कामको कारण ढिलाइ भएको उनको भनाई छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







