तनहुँको बन्दीपुरको माओवादीबाट अध्यक्ष र उपाध्यक्ष उमेदवारी सिफारिस


     एभरेस्ट आवाज    
     वैशाख ५ गते २०७९ मा प्रकाशित




नेकपा (माओवादी केन्द्र) बन्दिपुर गाउँ समितिले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि उमेदवारको नामावली सिफारिस गरेको छ।

गाउँ समितिको पुर्ण बैठकले उम्मेदवारको नाम सिफारिस गरेको हो। गाउँ समितिको बैठकले अध्यक्षमा हालका गाउँपालिका अध्यक्ष पूर्णसिंह थापा, हालकी उपाध्यक्ष करुणा गुरुङ र जीवन कायस्थलाई सर्वसम्मतिले सिफारिस गरेको हो।

यस्तै उपाध्यक्षमा विद्या लामिछाने, भानुभक्त पोखरेल, शिद्धान्त बहादुर गर्जामगरलाई सिफारिस गरेको छ। नेकपा (माओवादी केन्द्र)ले नै जितेको बन्दिपुर गाउँपालिकामा अध्यक्षको लागि १० जना र उपाध्यक्षको लागि २ जनाको आकांक्षा व्यक्त गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।