गत २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) संचालनको तयारी अन्तिम चरणमा पुगेको छ।
कोभिड–१९ को महामारी साम्य भएपछि भौतिक रूपमै परीक्षा संचालन गर्न लागिएको यो पहिलो पटक हो। एसईई वैशाख ९ गते (शुक्रबार) बाट सुरु हुँदैछ ।
यस वर्ष ५ लाख १४ हजार ७६० परीक्षार्थी सहभागी हुनेछन्। जसमा नियमिततर्फ ४ लाख ८८ हजार ७४२, प्राविधिकतर्फ १४ हजार ५६४ र ग्रेड वृद्धितर्फ ११ हजार ४५४ परीक्षार्थी एसईईमा सहभागी हुँदैछन्।
यस वर्ष मुलुकभर २ हजार ७ वटा केन्द्रमा परीक्षा संचालन हुनेछन्। सबैभन्दा धेरै परीक्षा केन्द्र काठमाडौँमा १२० वटा केन्द्र तोकिएको छ। सबैभन्दा कम केन्द्र मनाङमा छन्। मनाङमा एउटा मात्रै परीक्षा केन्द्र तोकिएको छ।
यसअघि कोभिड–१९ को संक्रमण बढेपछि दुई पटक एसईई आन्तरिक मूल्यांकनबाटै सम्पन्न गरिएको थियो। हाल जिल्ला स्तरमा परीक्षाका केन्द्राध्यक्षलाई अभिमुखीकरण दिने कार्य भइरहेको छ । परीक्षा बोर्डले बताए अनुसार परीक्षाका लागि आवश्यक प्रश्नपत्र, उत्तरपुस्तिका लगायतका सामग्री सम्बन्धित जिल्लामा पुगिसकेको छ।
यसै वर्षदेखि शिक्षा मन्त्रालयले एसईईमा सहभागी हुन परीक्षार्थीको उमेर १४ वर्ष पूरा हुनैपर्ने प्रावधान हटाएको छ।
यसै वर्षदेखि मन्त्रालयले सैद्धान्तिक र प्रयोगात्मक दुवैतर्फ समग्रमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनै पर्ने व्यवस्था गरेको छ। विगतमा सैद्धान्तिकतर्फ न्यूनतम उत्तीर्ण अंकसमेत ल्याउन नसक्ने परीक्षार्थीले पनि प्रयोगात्मकतर्फ उच्च अंक ल्याउने गरेको र यसले समग्र नतिजाको ग्रेडिङ गर्दा उच्च स्थानमा पार्न सहयोग पर्ने गरेको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







