गोरखाको गण्डकी गाउँपालिकामा माओवादीले अध्यक्ष उमेदवारको टुंगो लगायो


     एभरेस्ट आवाज    
     वैशाख ६ गते २०७९ मा प्रकाशित




माओवादी केन्द्र गण्डकी गाउँपालिकाले सर्वसम्मत रुपमा पालिका अध्यक्षको उमेदवार छनौट गरेको छ।

माओवादी केन्द्र गाउँपार्टीको बैठकले गाउँपालिकाको अध्यक्षमा पार्टीका प्रदेश समिति सदस्य दिपक तिमिल्सिना ‘साकार’लाई उमेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो।

प्रस्तवित अध्यक्षका उमेवार तिमिल्सिना पार्टीको गण्डकी गाउँपालिका इन्चार्ज समेत हुन्। गोरखाका ११ स्थानीय तहमध्ये माओबादीको आधार इलाका मानिने गण्डकी गाउँपालिकाबाट माओवादी केन्द्रले अध्यक्षको उमेदवारी घोषणा गरेको हो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।