पोखरा, बैशाख ६
नेकपा माओवादी केन्द्रले पोखरा महानगरपालिका वडा नम्बर ४ मा सम्पर्क कार्यालय स्थापना गरेको छ । नेकपा माओवादी केन्द्र वडा नम्बर ४ ले गैह्रापाटनमा पार्टीको सम्पर्क कार्यालय स्थापना गरेको हो । कार्यालयको नेकपा माओवादी केन्द्रका पोखरा महानगर कमिटी अध्यक्ष हरिनारायण गिरी (विज्ञान)ले उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीका अध्यक्ष विज्ञानले गठबन्धन देखेर एमाले अत्तालिएर कामिरहेको बताए । उनले भने,‘गठबन्धन देखेर एमाले कामिरहेको छ । त्यहि भएर एमालेले गठबन्धन भत्काउन खोजिरहेको छ ।’ अध्यक्ष गिरीले सबैको अस्तित्व स्विकारेर गठबन्धन हुने बताए । सबै मिलेर एमालेलाई पराजित गर्नुपर्ने भएकाले सबैको अस्तित्व स्विकारेर बलियो गठबन्धन बनाउन आवश्यक रहेको र त्यो बन्ने उनको भनाई थियो ।
अध्यक्ष विज्ञानले माओवादीको विरासत फर्काउन सबै लाग्नुपर्ने बताए । ‘हामी हिजो विद्रोह गरेर आएका हौं । त्यो जोश र जाँगर अहिलेपनि छ । अब त्यो डगमगाएको विरासत फर्काउन सुतेको माओवादीलाई जगाउन जरुरी छ, त्यसतर्फ हामी सबै लाग्नुपर्छ’–उनले भने । उनले शोषित, पीडित, उत्पीडित, वर्गीय, क्षेत्रीय, लिंगीय विभेदबाट मुक्त गर्ने र मध्यम वर्गीय जनताको संरक्षण माओवादी नै भएकाले माओवादीलाई जनताले जिताउने विश्वास व्यक्त गरे । ‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्व माओवादीले नै सुनिश्चित गरेको हो । अब यसको संरक्षण र कार्यान्वयन पनि माओवादीले नै गर्नुपर्छ’–उनले भने । उनले नेकपा माओवादीका लागि अहिलेको चुनाव महत्वपूर्ण भएको बताए । उनले भने,‘अहिलेको चुनाव जनयुद्ध कालमा ब्यारेक कब्जा गरेजत्तिकै महत्वपूर्ण छ ।’
नेकपा माओवादी केन्द्र वडा कमिटी पोखरा–४ का अध्यक्ष लोकनाथ भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मीनाकुमारी तिमिल्सिना र सञ्चालन सचिव विष्णुहरी पौडेलले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


भोलि बुधबारदेखि फ्लाई दुबईले सुरु गर्ने दुबई–पोखरा–दुबई सीधा हवाई उडानलाई लक्ष्य गरी…






