जितेँ भने पोखरा–८ लाई देशकै नमूना वडा बनाउँछु: वडाध्यक्षकी आकांक्षी गिरी


     एभरेस्ट आवाज    
     वैशाख ६ गते २०७९ मा प्रकाशित




कविता घर्तीमगर,

पोखरा । देश चुनावमय भएको छ । दलहरु चुनावमा होमिएका छन् । केहि दल गठबन्धन बनाउन दिनरात खटिएका छन् । दलका नेताहरु उम्मेदवार छान्न व्यस्त छन् । आकांक्षीहरु टिकटका लागि रस्साकस्सीमा छन् । कोहि नेतृत्वको लबिङमा छन् भने कोहि कार्यकर्ताको मन जितेर उम्मेदवार हुने होडबाजीमा छन् ।

चुनावको माहोल राजधानीदेखि ग्रामिण क्षेत्रसम्म तातिएको छ । चुनावी रन्को कास्कीमा पनि ह्वात्तै बढेको छ । कास्की गण्डकी प्रदेशको राजधानी हो । अझ पोखरा महानगरपालिका सबै हिसाबले महत्वपूर्ण छ । यो महानगरको मेयर कसले पाउने भन्नेमा दलहरुबीच हानथाप छ । महानगरको नेतृत्वसँगै महानगरका विभिन्न वडाहरुको उम्मेदवार बन्न आकांक्षीहरु टिकट लिन कसरतमा छन् ।

यहि दौडमा छिन् पोखरा–८ की शारदा गिरी । अघिल्लो पटक वडाध्यक्षमा पराजित उनी फेरीपनि उम्मेदवार बनेर जित्ने दौडमा रहेकी हुन् । नेपाली कांग्रेसको तर्फबाट ८ जना आकांक्षी रहेको सो वडामा उनी एक्ली महिला आकांक्षी हुन् ।

महिला भएरमात्र होईन नया तरिकाले केहि नया गर्ने र वडालाई देशकै नमूना वडा बनाउने योजनासहित उनी चुनावमा होमिएकी हुन् । विगतका जनप्रतिनिधिले गतिलो काम नगरेकाले केहि गर्ने जोश, जाँगर र योजनासहित आफू वडाध्यक्षको उम्मेदवार बन्न चाहेको उनको भनाई छ ।

‘विषेश गरी वडा भित्रको महिला बालबालिका तथा जेष्ठ नागरिकहरुको मुद्धाहरुका कार्यक्रमलाई बढी प्रभावकारी ढंगले सम्वोधन गर्नुपर्छ । त्यसका लागि म आवश्यक छ भन्ने लागेर फेरीपनि उम्मेदवार बन्न चाहेकी हुँ’–उनले भनिन् । उनले थपिन्,महिला बालबालिका र जेष्ठ नागरिकहरुको भावना महिलाले मात्रै महसुस गर्न सक्छ । त्यसैले ती मुद्धा सम्बोधन गर्न महिलाले नै वडाको नेतृत्व गर्नुपर्छ ।’

गिरीले पछिल्लो पाँच वर्षमा स्थानिय जनप्रतिनिधिले खासै काम नगरेको निश्कर्ष सुनाईन् । ‘स्थानिय सरकार स्थापित भएपछि पनि जनप्रतिनिधीले वडा भित्रका विभिन्न सामाजिक र मानव विकासमा केहि परिवर्तनका कामहरु गर्न सकेनन् ,समस्या ज्यँुका त्युँ छन् , चाह्यो भने ५ वर्षको अवधिमा सोंचे भन्दा धेरै परिवर्तन सम्भव छन् तर अधिकार प्राप्त निकायले चासो दिएनन् समाजमा व्याप्त समास्या निर्मुल बनाउनको लागि पनि मैले उम्मेरद्धारी दिएकी हुँ’–उनले भनिन् । वडा भित्र कति धेरै महिलाहरु सीप भएपनि उपयुक्त वातावरण नपाएकै कारण बेरोजगार छन्, बेरोजगारीकै कारण घरेलु हिंसा खेपिरहन बाध्य रहेको उनको बुझाई छ ।

घर होस् वा समाज, या पार्टीमा नै भनौं पुरुष भन्दा महिला कर्तव्य बहन गर्नेमा ईमान्दार हुने उनले दाबी गरिन् । त्यसैले महिलालाई नेतृत्वको अवसर दिन आवश्यक छ,उनले थपिन् ‘महिलाले घरको चुलो चौको देखि देश हाँकिरहेको कैयन उद्धाहरण छन् ।

त्यसैले परिवार, समाज र पार्टीले पनि हामीलाई नेतृत्व हाँक्ने वातावरण सिर्जना गर्नुपर्छ, हामी त्यसका लागि सक्षम छौ । महिलालाई संविधानले निर्देश गरेको ३३ प्रतिशतको आधारमा मात्रै होईन त्यो भन्दा माथी उठेरहरेक समाज,लिङ्गसंग प्रतिस्पर्धा गर्न सक्ने भावना जागृृत हुनु आवश्यक छ ।’

विगत लामो समयदेखि राजनीतिक क्षेत्रबाट समाज सेवामा लागेको व्यक्ति यस पटक पनि जनताले विश्वास गरेर बिजयी बनाए भने देश कै नमुना वडाको रुपमा प्रतिवद्धता गरिन् । ‘यो ५ वर्षमा स्थानिय सरकारबाट जनातालाई परिवर्तन र विकासको महसुस भएन,उनले भनिन् “तर ,अब आउने ५ वर्ष मेरो नेतृत्वमा वडा सरकार हाँक्ने अवसर मिल्यो भने मेरो कामले देशै भरिका महिला दिदीबहिनीहरुलाई उत्प्रेरणा प्रदान हुनेछ ।’–उनले भनिन् ।

उम्मेरद्वारहरु चुनावको मुखमा मात्रै जनताको घर दैलोमा पुगेर नानाथरीका सपना बाँढ्ने तर जनताले जिताएर पठाएपछि उनै जनताले कार्यालयमा भेट्न जाँदा भेट्नै मुस्किल हुने गरि जनप्रतिनिधि गायब हुने प्रवृति रहेको उनको आरोप छ । ‘हामी यो क्षेत्रबाट जनताको सेवा र समस्यामा समर्पित व्यक्तिहरु चुनावको मुखमा भन्दा पनि प्रतिनिधी भईसके पछि अझै बढी जनताको माझमा भिज्नुपर्छ’ ,उनले भनिन् “विभिन्न लक्षित वर्गको बिचबाट उठेको रायसल्लाह सुझाव, समस्या र जनमागलाई बुझेर बुद्धिजीवी तथा सम्बन्धित पक्षसंगको छलफलबाट समाधान गर्नको लागि मेरो हर कदम रहने छ, त्यसको लागि उनीहरुकै माझमा प्रतिनिधीको बढी उपस्थिती हुनुपर्छ । म चुनावको मुखमा भोट माग्न मात्रै होईन, प्रतिनिधी भएपछि पनि अझ बढी जनताको माझमा साक्षात्कार हुनेछु ।’

विषेशगरि वडा भित्रका एकल महिलाहरुको सम्बोधन, बालबालिकाहरुको बौद्धिक विकास, युवा स्वरोजगार, दलित तथा पछाडी परेका र पारिएका समुदायहरुलाई अग्रपंक्तिबाट व्यहारिक पक्षले समेट्नु उनको प्रमुख एजेण्डा रहेका छन् । “विगत ५ वर्ष भित्रमा जति काम भए राजनैतिकका आधारमा र व्यक्तिको स्वार्थ पुर्तिकालागि मात्रै भए देखावतीका लागि मात्रै तर जुन कामबाट जनताले आफ्ना माग पुरा भएको महसुस गर्न पाएनन् ”उनले भनिन् ,“स्वयम म आफै जनताको रुपमा रहेर महसुस गरे तर अब जनताको वास्तविक समस्या र मागलाई त्यहि भक्तभोगिले मात्रै रचनात्मक ढंगबाट प्रतिनिधित्व गर्न सक्छ भन्ने महसुसले पनि आफुलाई नेतृत्वमा आउन आवश्यक ठानेकी छु ।”

२०७४ सालमा पनि वडाध्यक्षका लागि चुनाव लडेकी उनी पराजित भईन् । “विगतमा बनाएको अधुरा योजना पुरा गर्नुछ,” उनले भनिन्“२०७४ सालको चुनावमा वडाध्यक्ष पदमा पराजय भोगेर घाईते भएकी हुँ, मलाई हराएर विपक्षीको काम ५ वर्षमा हेर्नुभयो अव मेरो नेतृत्वको परिवर्तन पनि हेनुस् ।

शिक्षा स्वास्थ्य लगाएत भौतिक विकास र मानव विकासमा मेरो उदाहणिय कार्य हुनेछन् ।”विगत २० वर्ष अगाडी वडा नं. ८ भित्र स्थापना भएको टोलविकास संस्थाले जेजति काम गरेको छ स्थानिय सरकारले त्यो भन्दा फरक केहि नगरेको उनले सुनाईन् ।

गठबन्धन पार्टी मध्ये नेपाली कांग्रेसबाट वडाध्यक्षको लागि सिफारिस भएकी उनी वडा नं. ८ मा भित्र पनि टोलविकास संस्थामा आवद्ध भएर निकै सराहनीय काम गरेर जनताको मन जितेकी छिन्, तर टिकट पाउने र नपाउने कुरामा पार्टी भित्र आन्तरिक छलफल भइरहेको छ ।

सम्भवत यहि १० गते भित्र कसले टिकट पाउने छिनोफानो हुने उनले बताईन् । “केन्द्रबाट जे निर्देशन आउछ त्यहि स्वीकार्य छ उनले भनिन्,”“तर मेरो वडामा गठबन्धन नगरी कांग्रेस एक्लैले चुनाव लडेपनि जनताले हामीलाई जिताउछन्,यो म ठोकुवा गर्न सक्छु ।”

२०३६ सालमा नेपाली कांगेसबाट क्रियाशिल सदस्य बनेकी गिरी हाल कास्की क्षेत्र नं २ को महिला संघको क्षेत्रिय सभापति हुन् भने पार्टीको भातृ संस्था नेपाल तरुण दल,महिला संघ, नेविसंघ लगायत संघसंस्थामा आवद्ध रहेर पार्टी र जनताको लागि योगदान दिएकी छिन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।