नवलपुर सम्पर्क समाजको भित्तेपात्रो विमोचन


     एभरेस्ट आवाज    
     वैशाख ७ गते २०७९ मा प्रकाशित




नवलपुर सम्पर्क समाजद्धारा प्रकाशित नयाँ वर्ष २०७९ को भित्तेपात्रो विमोचन गरिएको छ।

प्रमुख अतिथि समाजसेवी शेरबहादुर ठाडामगर, सम्पर्क समाजका पदाधिकारी लगायतले भित्तेपात्रोको संयुक्त विमोचन गरेका हुन्।

कार्यक्रममा बोल्दै ठाडामगरले समाजले गर्ने जस्तोसुकै कार्यका लागि आफ्नो सहयोग रहने प्रतिबद्धता जनाए।
समाजका अध्यक्ष ईश्वर श्रेष्ठले नवलपुर स्थायी घर भई पोखरामा रहेर विभिन्न पेशामा आबद्ध नवलपुरे व्यक्तिहरुलाई जोड्ने कार्यमा समाजको स्थापना भएको उल्लेख गरे।

समाजका अध्यक्ष ईश्वर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रथम मणिप्रसाद डुम्रेले स्वागत, उपाध्यक्ष मिनबहादुर भण्डारी (मिलन) ले कार्यक्रममाथि प्रकाश र सचिव श्रीकृष्ण श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।