पोखरा । पोखरा १४ बाट स्वतन्त्र ९अटेरी० उम्मेद्वारी घोषणा गरेका सुजन काकीले चुनावी कार्ययोजना सार्वजनिक गरेका छन् । चुनाव लक्षित घोषणापत्रलाई कार्ययोजना नाम दिएर स्वतन्त्र उम्मेद्वारी दिनेको समुह अटेरी अभियानले पोखरा महानगर र यो सँगै ३ वडामा उम्मेद्वारी घोषणा गरेका उम्मेद्वारले कार्ययोजना सार्वजनिक गरि सकेका छन् ।
कार्ययोजना सार्वजनिकीकरणपछि अटेरी उम्मेद्वारी घोषणा गरेका सुजन कार्कीले वडा बनाउन केन्द्रित हुने बताए । हालको सरकारलाई राजस्व चुहावट रोक्नपट्टी ध्यानै नभएको उनको भनाई छ । वडामा निर्वाचित भएर आई सकेपछि वडामा पूराना सम्पदा संरक्षण गर्नेदेखि पर्यटकीय गतिविधि बढाउन थप संरचना बढाउने उनले दाबी गरे ।
यस्तै, अटेरी अभियानका परिकल्पनाकार तथा पोखरा महानगर प्रमुख पदमा अटेरी उम्मेद्वारी घोषणा गरेक गनेस पौडेलले स्थानीय सरकारले वडा र नगर सुधार्न ध्यानै नदिएको बताए । वडा भित्रका साना बाटोहरु मर्मत गर्न ध्यान नदिँदा नागरिकले सास्ती खेप्नु परेको उनको भनाई थियो ।
पोखरा १४ मा नीमार्णाधिन अन्र्तराष्ट्रिय विमानस्थलले पोखराको आर्थिक गतिविधि बढाउने दाबी गरिए पनि वडा नम्बर १४ ले त्यसको कुनै लाभ लिन नपाउने उनले बताए । उनले दलहरुले आफ्नो विचार बिर्सि सकेकाले सबैलाई अटेर गर्न समेत आह्वान गरे ।
‘तपाईंले जिताई रहेको दललाई जिताएर के फरक पाउनु भएको छ रु गरेका त केही पनि होइनन् । अब अटेर गर्नुस्,’ उनले भने । पौडेलले अहिले पनि अटेर गर्न छोड्ने हो भने देश अनिश्चयको भुँग्रोमा धकेलिन समेत दाबी गरे । उनले चुनावी कार्ययोजना पढेर योजना ठिक लागेर सक्षम उम्मेद्वार पाएको महसुस भए मात्रै भोट दिन अपिल गरेका छन् ।
यद्यपि, चुनावमा एक मत मात्रै प्राप्त गरे पनि देशप्रति सचेत नागरिक आफू एक्लो भएकोमा गर्व महसुस हुने समेत उनले सुनाए । यस्तै, अटेरीका १४ नम्बर वडा प्रचार प्रसार संयोजक रामबहादुर थापाले अभियानप्रति साथ सहयोग जनाउन सबैलाई अपिल गरेका थिए । कार्यक्रमको सञ्चालन अटेरीका निर्वाचन अभियान संयोजक हरि कार्कीले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







