पोखरा लेडी जेसीजको जेसीज सप्ताह बैशाख ९ गते शुक्रबारदेखि


     एभरेस्ट आवाज    
     वैशाख ७ गते २०७९ मा प्रकाशित




पोखरा, बैशाख ७

पोखरा लेडी जेसीजले बैशाख ९ गतेदेखि जेसीज सप्ताह आयोजना गर्ने भएको छ । पोखरा लेडी जेसीजले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी यहि वैशाख ९ देखि १५ गतेसम्म जेसीज सप्ताह गर्ने जानकारी दिएको हो । सप्ताहव्यापी कार्यक्रम बनाएको लेडी जेसीजले सात दिन सात फरक प्रकारका कार्यक्रम गर्ने कार्यतालिका तय गरेको पोखरा लेडी जेसीजकी अध्यक्ष जेसी लक्ष्मी अधिकारीले जानकारी दिईन् ।

पोखरा लेडी जेसीजका अनुसार जेसीज सप्ताहको पहिलो दिन औपचारिक उद्घाटन कार्यक्रम हुने छ भने सोहि दिन युवा र महिला व्यवसायी लक्षित गरेर उत्प्रेरणामूलक तालिम सञ्चालन हुनेछ । सो कार्यक्रम चन्द्रा राना भुजेलको संयोजनमा हुने जनाइएको छ ।

सप्ताहको दोश्रो दिन पोखरा लेडी जेसीजले निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । विनिता सुबेदीको संयोजनमा हुने निःशुल्क शिविर कार्यक्रम पोखरा महानगरपालिका वडा नं. २२ लुकुन्स्वाँरास्थित महेश्वरी माविमा हुने अध्यक्ष अधिकारीले जानकारी दिईन् । सो कार्यक्रम विद्यार्थी र स्थानीय समुदायलाई लक्षित गरेर आयोजना गरिएको हो ।

सप्ताहको तेश्रो, चौथो र पाँचौं दिन सीपमूलक तालिम आयोजना गरिने पोखरा लेडी जेसीजले जनाएको छ । पोखरा लेकसाइडस्थित क्रिष्टल मन्टेश्वरीमा युवा र महिला व्यवसायीलाई लक्षित गरेर आयोजना हुने तेश्रो दिनको कार्यक्रम दीपा तिवारी रेग्मी, चौथो दिनको कार्यक्रम सगुन पौडेल र पाचौं दिनको कार्यक्रम रीना पौडेलको संयोजनमा हुने जेसीज सप्ताहकी मूल संयोजक एवम् पोखरा लेडी जेसीजको उपाध्यक्ष सरस्वती थापा क्षेत्री सरुले जानकारी दिइन् ।

सप्ताहको छैटौं संघसंस्थाका महिलाहरुलाई लक्षित गरेर उद्घोषण तालिम आयोजना हुने भएको छ । संगीता अधिकारीको संयोजनमा हुने सो कार्यक्रम नेपाल पर्यटन बोर्डको कार्यालय ड्यामसाइडमा हुने मूल संयोजक क्षेत्रीले जानकारी दिईन् ।

सप्ताहको अन्तिम दिन अशक्त तथा असहाय व्यक्तिहरुलाई सहयोग गरिने कार्यक्रम संयोजक सगुन पौडेलले जानकारी दिईन् ।

जेसीज सप्ताहका कार्यक्रम सामाजिक रुपान्तरणमा सघाउ पु¥याउने उद्देश्य राखेर तय गरिएको पोखरा लेडी जेसीजका अध्यक्ष लक्ष्मी अधिकारीले बताइन् ।

संस्थाकी अध्यक्ष लक्ष्मी अधिकारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा कार्यक्रम मूल संयोजक सरस्वती थापा क्षेत्रीले स्वागत, महासचिव प्रमीला सुवेदीले सञ्चालन, निवर्तमान अध्यक्ष विनिता सापकोटाले धन्यवाद ज्ञापन र जेसीज आस्थापाठ दीपा पौडेलले गरेकी थिईन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।