अन्नपूर्ण १ र पोखरा ३३ मा अटेरी उम्मेद्वारी


     एभरेस्ट आवाज    
     वैशाख ९ गते २०७९ मा प्रकाशित




पोखरा । अन्नपूर्ण र १ र पोखरा ३३ प्रमुख पदमा स्वतन्त्र(अटेरी) उम्मेद्वारी घोषणा भएको छ । अन्नपूर्ण १ मा दिपेश दाहाल र पोखरा ३३ मा जनक पौडेलले अटेरी उम्मेद्वारी घोषणा गरेका हुन् ।

स्थानीय तहलाई दलरहित बनाउने अभियान सहित पोखराबाट सुरु भएको यो अभियान अहिले देशव्यापी बनेको छ । हाल यो अभियानले पोखरामा चुनावी कार्ययोजना सार्वजनिक गरि रहेको छ ।

शनिबार पोखरा २५ मा कार्ययोजना पत्र सार्वजनिकीकरण कार्यक्रम रहेको अटेरीका निर्वाचन अभियान संयोजक हरि कार्कीले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।