पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा छैटौं संस्करणको ’पोखरा स्पोर्ट्स अवार्ड २०७८’ आगामी असार पहिलो हप्ता हुने भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले नयाँ नेतृत्व पाएपछि बसेको दोस्रो बैठकबाट पोखरा स्पोर्ट्स अवार्ड २०७८ आगामी असार पहिलो हप्ता गर्ने निर्णय गरि तयारी शुरु गरिएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए ।
अवार्ड कार्यक्रमलाई भव्य बनाउन सबैको साथ सहयोग आवश्यक रहेको अध्यक्ष दीनानाथ बरालको भनाई छ । ’हामीले छैटौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डलाई उत्कृष्ट बनाउन तयारि सुरु गरेका छौ, सबैको साथले कार्यक्रम भव्य बन्ने विश्वास छ’ बरालले भने ।
मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गर्ने अध्यक्ष बरालले बताए ।
मञ्चको दोस्रो बैठकबाट आगामी जेठमा हुने तय भएको नवौ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरेर राष्ट्रिय स्तरको बृहत छलफल कार्यक्रम गर्ने निर्णय समेत भएको छ । छलफल कार्यक्रम जेठ पहिलो हप्ता हुनेछ । यसैगरी दोस्रो बैठकबाटै मञ्चले पूर्व अध्यक्ष विनोद लामिछानेलाई मञ्चको सल्लाहकारमा चयन गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







