राप्रपाबाट पोखराको मेयरको उम्मेदवार शंकर खराल, उपमेयरमा सेन


     एभरेस्ट आवाज    
     वैशाख १० गते २०७९ मा प्रकाशित




पोखरा, बैशाख १०

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पोखराको मेयरमा शंकर खराललाई उम्मेदवार बनाउने भएको छ । राप्रपाको शनिबार बसेको बैठकले पोखराको मेयरमा खराललाई उम्मेदवार बनाउने निर्णय गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

त्यस्तै, राप्रपाले उपमेयरमा रञ्जना सेन (रञ्जु)लाई उम्मेदवार बनाउने भएको छ । बैठकले सेनलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।