राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले पोखराको मेयरमा युवा नेता गोविन्द गुरुङलाई उम्मेदवार बनाएको छ । राप्रपा नेपालको आज बसेको बैठकले नेता गुरुङलाई पोखराको मेयरको उम्मेदवार बनाउने निर्णय गरेको राप्रपा नेपालका केन्द्रीय सदस्य सूर्य बास्तोलाले जानकारी दिए ।
मेयरका उम्मेदवार बनेका गुरुङ पोखरा–१५ रामबजारबासी हुन् । उनी राप्रपा नेपालका कास्की जिल्ला सदस्य तथा पार्टी निकट राष्ट्रिय युवा मोर्चा, कास्कीका संयोजक छन् ।
त्यस्तै, राप्रपा नेपालले पोखराको उपमेयरमा चिना दवाडीलाई उम्मेदवार बनाएको छ । पोखरा–६ लेकसाइड निवासी दवाडीलाई पोखराको उपमेयरको उम्मेदवार बनाउने निर्णय राप्रपा नेपालको बैठकले गरेको बास्तोलाले बताए । उपमेयरकी उम्मेदवार दवाडी पार्टीका जिल्ला सदस्य तथा पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन कास्कीकी अध्यक्ष छिन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १३ भदौ । सहारा क्लब पोखराले आयोजना गरेको ‘समर हाइकिङ फर…





