एमालेले पोखरा महानगरको मेयरमा पौडेल र उपमेयरमा गुरुङलाई उठाउने


     एभरेस्ट आवाज    
     वैशाख १० गते २०७९ मा प्रकाशित




पोखरा । नेकपा एमालेले स्थानिय तह निर्वाचनका लागि पोखरा महानगरपालिकाको मेयर र उपमेयरका उम्मेद्वार टुंगो लगाएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा शनिबार बसेको सचिवालय बैठकले पोखरा महानगरको मेयरमा दीपक पौडेल र उपमेयरमा हालकै उपमेयर मञ्जुदेबी गुरुङलाई नै उठाउने निर्णय गरेको हो ।

मेयरका लागि चयन भएका पौडेल पूर्व पोखरा महानगर कमिटी अध्यक्ष हुन् भने उपमेयरमा चयन भएकी गुरुङ वहालवाला उपमेयर हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।