नेकपा (एमाले) ले मनाङमा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष पदका लागि उम्मेदवारको टुंगो लगाएको छ।
३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले जिल्लामा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षका उम्मेदवार टुंग्याएको हो।
एमालेले मनाङ ङिस्याङ गाउँपालिका अध्यक्षमा कान्छा घलेलाई दोहो¥याउने भएको छ। उपाध्यक्षमा छिरिङ धावा गुरुङले टिकट पाएका छन्।
चामे गाउँपालिकामा पनि लोकेन्द्र घले नै अध्यक्षमा दोहोरिने भएका छन्। उपाध्यक्षमा आशकुमारी गुरुङले टिकट पाएको छ।
नासों गाउँपालिका अध्यक्षमा मनबहादुर गुरुङ र उपाध्यक्षमा अर्विन गुरुङ (स्वतन्त्र) उम्मेदवार बन्ने भएका छन्।
यसअघि, सर्वसम्मत नेतृत्व चयन भएको नार्पाभूमि गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार उठाउने एमालेको तयारी छ।
मनाङका ४ गाउँपालिकामा २८ वटा वडा छन्। २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा एमालेले मनाङको चामे र मनाङ ङिस्याङ गाउँपालिकामा चुनाव जितेको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १३ भदौ । सहारा क्लब पोखराले आयोजना गरेको ‘समर हाइकिङ फर…





