स्याङ्जाको अर्जुनचौपारी पनि काँग्रेसले उम्मेदवारको टुंगो लगायो


     एभरेस्ट आवाज    
     वैशाख ११ गते २०७९ मा प्रकाशित




प्रतिकात्मक तस्बीर

नेपाली काँग्रेसले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा पनि उम्मेदवार टुंगो लगाएको छ।

आसन्न बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि गाउँपालिका अध्यक्ष पदको निम्ति प्रकाश तिवारी र उपाध्यक्ष पदको लागि सपना गुरुङलाई अन्तिम टुंगो लगाएको हो।

तिवारी सबैभन्दा कान्छा प्रदेश सभापति समेत हुन्। नेपाली काँग्रेसको हालै भएको अधिवेशनबाट उनी गण्डकी प्रदेश क को क्षेत्रीय सभापति चयन भएका थिए।
नेकपा एमालेले पनि अर्जुन चौपारी पालिकामा चिनमाया गुरुङ र टंकप्रसाद खनाललाई आसन्न निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय गरेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।