पर्वतको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी र उप प्रमुख सिता काफ्लेले राजीनामा दिएका छन्।
आगामी निर्वाचनमा पुनः निर्वाचन लड्ने गरी उनीहरुले राजीनामा दिएका हुन्।
आयोजित पत्रकार सम्मेलनमा उनीहरुले राजीनामा दिएको बताएका हुन्। पत्रकार सम्मेलनमार्फत नगर प्रमुख जोशीले ५ वर्षे कार्यकालको उपलब्धीबारे सार्वजनिक गरेका छन्।
नगर प्रमुखमा पुनः दोहोरीने ईच्छा भएका कारण जोशीले राजीनामा दिएका हुन्। उता उपप्रमुख काफ्लेले पनि नगरमा पुनः दोहोरिने ईच्छा भएको बताउदै राजीनामा दिएका हुन्।
२०७४ सालको निर्वाचनमा दुबै जना नेपाली काँग्रेसबाट नगर प्रमुख र उपप्रमुख पदमा निर्वाचित भएका थिए।
जोशीले नगरको बिकासमा बजेटको अभाव भएपनि आफुले प्रतिबद्धता गरेका अधिकांश कामहरु पूरा गरेको दाबी गरेका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १३ भदौ । सहारा क्लब पोखराले आयोजना गरेको ‘समर हाइकिङ फर…





