म्याग्दीको मंगला पालिकाका अध्यक्ष उम्मेदवारमा माओवादीबाट टेकबहादुर बिश्वकर्मा


     एभरेस्ट आवाज    
     वैशाख ११ गते २०७९ मा प्रकाशित




वैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावमा नेकपा माओवादी केन्द्रले मंगला गाउँपालिकाको अध्यक्षमा टेकबहादुर विश्वकर्मालाई उम्मेदवार बनाउने भएको छ।

अध्यक्षको उम्मेदवारमा छनौट भएका मंगला गाउँपालिका–४ बुकेनी निवासी विश्वकर्मा नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश कमिटीको सह–सचिव समेत हुन्।

जनयुद्धमा भूमिगत रहेका विश्वकर्मा म्याग्दीको दलित आन्दोलनको अगुवा नेताका रुपमा स्थापित नाम हो।

माओवादी केन्द्रको पालिका कमिटीले अध्यक्षका लागि बिश्वकर्मा सहित चन्द्रप्रसाद बुढाथोकी र पुनम खड्काको नाम सिफरिस गरेको थियो। जिल्ला कमिटीमा सिफारिस भएकामध्ये विश्वकर्मा अध्यक्षको उम्मेदवारमा सर्वसम्मत चयन भएका हुन्।

मंगलाको ५ वटै वडामा वडाअध्यक्षका उम्मेदवार भने सर्वसम्मत गरिएको छ। वडा नम्बर १ नम्बर वडामा पृथिलाल विक, २ नम्बर वडामा कुलप्रसाद पुन, ३ नम्बर वडामा यामबहादुर रोका, ४ नम्बर वडामा मनमायाँ चोचाङ्गे, ५ नम्बर वडामा अष्टमान घर्तिलाई वडा अध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय गरेको छ।

मनमाया माओवादी केन्द्रबाट वडा अध्यक्षको उम्मेदवार बन्ने एक्ली महिला नेता हुन्। नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश समिति सदस्य मनमाया हाल मंगला गाउँपालिका वडा नम्बर ४ को बहालवाला कार्यवाहक वडा अध्यक्ष हुन्। मंगलाको अध्यक्षमा एमालेबाट सतप्रसाद रोका र नेपाली काँग्रेसबाट बिरेन्द्र बुढाथोकी यसअघि नै उम्मेदवार चयन भइसकेका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।