प्रदेश सभा सदस्य पदबाट थापाले दिए राजीनामा


     एभरेस्ट आवाज    
     वैशाख १२ गते २०७९ मा प्रकाशित




कास्की । नेकपा एमाले गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले पदबाट राजीनामा दिएका छन् । पोखरा महानगरपालिकाको मेयर उम्मेदवारको टिकट पाएपछि उनले प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएका हुन् ।

नेकपा एमालेले दीपक पौडेललाई दिइसकेको टिकट खोसेर थापालाई मेयरको उम्मेदवार बनाएको छ । उनले सभामुख नेत्रनाथ अधिकारीसमक्ष राजीनामा बुझाएका छन्।

कास्की क्षेत्र नम्बर २ (क) बाट प्रदेश सभामा विजयी भएका थापाले कांग्रेसका गुरुप्रसाद बराललाई ७ हजार ४ मतले हराएका थिए । थापाले १५ हजार ३२९ मत ल्याउँदा बरालले ८ हजार ३२५ मत ल्याएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।