काठमाडौं । चीनको सांघाई शहरमा पछिल्लो २४ घण्टामा थप २२ हजार मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । साढे २ करोड जनसंख्या भएको सांघाई पछिल्लो समय कोरोना संक्रमणको चपेटामा परेको छ ।
वृद्धवृद्धा र खोप नलागाएको ठूलो जनसंख्या कोरोनाको जोखिममा रहेको चीनको स्वास्थ मन्त्रालयले जनाएको छ । संक्रमितहरूको मृत्यु बढेसँगै चीनमा निर्मित खोपको प्रभावकारीतामाथि पनि प्रश्न उठाउन थालिएको छ ।
राजधानी बेइजिङमा पनि २२ जना नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा थप ३९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै पछिल्लो संक्रमणपछि सांघाईमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८७ पुगेको छ ।
मृत्यु हुने अधिकांश वृद्धवृद्धा रहेको चीनको स्वास्थ मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा खोप नलगाएका र दीर्घरोगी भएको बताएपनि मृत्यु भएका मध्ये पाँच जनाले खोप लगाएको पुष्टि भएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







