बागलुङमा सत्तारुढ गठबन्धनद्धारा १० स्थानीय तहमा भागबन्डा


     एभरेस्ट आवाज    
     वैशाख १२ गते २०७९ मा प्रकाशित




बागलुङ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सत्तारुढ गठबन्धनले बागलुङमा चुनावी तालमेल गरेर जाने सहमति गरेको छ ।

सोमबार विहान सत्ता गठबन्धनका दलहरुले स्थानीयतहको भागवन्डा गर्दै निर्वाचनमा मिलेर जाने निर्णय गरेका हुन् । हमति अनुसार बागलुङका १० स्थानीय तहमध्य नेपाली कांग्रेसले बागलुङ नगरपालिका, काठे खोलागाउँपालिका, गलकोट नगरपालिका, बडिगाड गाउँपालिका र तमानखोला गाउँपालिकामा प्रमुख पाएको छ ।

माओवादी केन्द्रले तराखोला गाउँपालिका र ढोरपाटन नगरपालिका प्रमुख पाउने भएको छ। त्यस्तै राष्ट्रिय जनमोर्चाले बरेङ गाउँपालिका र जैमिनी नगरपालिका प्रमुख पाउने सहमती भएको माओवादी केन्द्र बागलुङ जिल्ला संयोजक राजीव घिमिरेले जानकारी दिए ।

उनका अनुसार नेपाली कांग्रेसले जैमिनीनगरपालिका, बरेङ गाउँपालिका र ताराखोला गाउँपालिकामा उपप्रमुख, माओवादी केन्द्रले बागलुङ नगरपालिका, गलकोट नगरपालिका र निसिखोलागाउँपालिकाको उप्रमुख पाउने भएको छ। त्यस्तै राष्ट्रियजनमोर्चाले काठेखोलागाउँपालिका र बडिगाडगाउँपालिका र एकिकृत समाजवादीले तमानखोला गाउँपालिकाको उपप्रमुख पाउने सहमति भएको छ ।

जनता समाजवादीलाई २ कार्यपालिका सदस्य र ११ वडा सदस्यदिने गरि सहमतीभएको घिमिरेको भनाई छ । जिल्लाका ८५ वडामध्ये नेपाली कांग्रेसलाई ४३, माओवादी केन्द्रलाई २१, राष्ट्रियजनमोर्चालाई १५ र एकिकृत समाजवादीलाई ६ वडादिने गरि सहमती नेपाली कांग्रेस बागलुङका जिल्ला सभापती जीत शेरचनले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।