लमजुङ । गोरखा भूकम्प गएको करिब आठ वर्षको अवधिमा लमजुङको ६८ विद्यालयमा शौचालय भवन पुनः निर्माण भएका छन् ।
विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षति बनाएका ६९ शौचायलयमध्ये अब एक शौचायलय मात्र निर्माण सम्पन्न हुन बाँकी रहेको शिक्षा विकास तथा समन्वय एकाइ एवं साविक राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वय एकाइ ९शिक्षा० का इञ्जिनीयर दीपकराज कँडेलले बताए ।
त्यस्तै उनका अनुसार ३६ खानेपानीका धारा पुनःनिर्माण गर्नुपर्नेमध्ये ३५ खानेपानी धारा निर्माण सम्पन्न भएका छन् । एक खानेपानी निर्माणाधीन रहेको र यही वैशाखभित्रमा सम्पन्न हुने इञ्जिनीयर कँडेलको भनाइ छ ।
जिल्लामा विद्यालय भवन, शौचायलय तथा खानेपानी धारा निर्माण आर्थिक वर्ष २०७३÷७४ देखि सुरु गरिएको थियो । उक्त आर्थिक वर्षदेखि जिल्लामा पुनःनिर्माण गर्नुपर्ने विद्यालय भवन पाँच वर्ष अवधि रहेको थियो ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वय एकाइले उक्त समयदेखि विद्यालय, शौचायलय तथा खानेपानी धारा निर्माणको जिम्मा लिँदै आए पनि गत असोज १ गतेदेखियता शिक्षा विकास तथा समन्वय एकाइले हेर्दै आएको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







