पोखरा । कास्कीको रुपा गाउँपालिकामा उम्मेरद्धार परिवर्तन गरिएको छ ।
नेपाली कांग्रेस कार्यकर्ताले आफ्नै उम्मेदवार आनन्द सुवेदीलाई मनोनयन गर्दा गर्नबाट रोक लगाएका पछि सुवेदीलाई हटाएर अधयक्षमा गिमाया गुरुङ र उपाध्यक्षमा नारायण श्रेष्ठलाई उठाउने निर्णय भएको रुपा गाउँपालिकाका प्रकाश खनालले जानकारी दिए ।
असन्तुष्ट पक्ष बिहानैदेखि निरन्तर नाराबाजी गरेका थिए । स्थानीय नेता कार्यकर्ताको निरन्तर अवरोधपछि अन्तिम समयमा आएर उम्मेदवार परिवर्तन गरिएको छ ।
खनाल पनि यस पटक नेपाली कांग्रेसबाट पालिका प्रमुख आकांक्षी थिए । रुपामा नेकपा एमालेबाट भने हालकै जनप्रतिनिधि दोहोरिएका छन् । पालिका प्रमुखमा नवराज ओझा र उपप्रमुखमा लालसुबा गुरुङले मनोनयन दर्ता गरिसकेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १४ भदौवाङ्मयिक र मानवअधिकारबारे पोखरामा हुने सबैजसो कार्यक्रममा पुग्ने टेकनाथ बरालको…






