पोखरामा कांग्रेसबाट ३ बागी उम्मेदवार खडा


     एभरेस्ट आवाज    
     वैशाख १२ गते २०७९ मा प्रकाशित




पोखरा । पोखरा महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका ३ जनाले बागी उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

सोमबार नेपाली कांग्रेसका नेता नन्दूप्रसाद तिवारीले मेयरमा उम्मेदवारी दिएपछि कांग्रेसबाट मेयरमा उम्मेदवारी दिनेको संख्या ३ पुगेको हो ।

सत्तारुढ दलहरुबीच महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार भागवण्डाका क्रममा पोखराको मेयर पद नेकपा एकीकृत समाजवादीलाई परेको थियो ।

तर कांग्रेसका नेता कार्यकर्ताहरु असन्तुष्ट थिए । कांग्रेसबाट आइतबार विमलबहादुर कार्की र सोमबार ऋषि सापकोटाले पनि मेयरमा उम्मेदवारी दिएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।