पोखराको मेयरमा दुई महिलासहित २४, उपमेयरमा ७ महिलासहित ९ जनाको उम्मेदवारी


     एभरेस्ट आवाज    
     वैशाख १२ गते २०७९ मा प्रकाशित




पोखरा, बैशाख १२

पोखरा महानगरपालिकाको मेयर पदका लागि २४ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै उपमेयरमा ९ जनाले उम्मेदवारी दिएका छन् । यहि बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा पोखराको मेयरमा २ महिलासहित २४ जनाले उम्मेदवारी दिएका हुन् । पहिलो दिन आइतबार ११ र दोश्रो दिन सोमबार १३ जनाले मेयर पदमा उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले जनाएको छ । जसमा १५ वटा दल तथा ९ जना स्वतन्त्र उम्मेदवारको उम्मेदवारी परेको छ ।

मेयर पदमा नेकपा एकीकृत समाजवादी, नेकपा एमाले, आमूल परिवर्तनशील पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, उन्नत लोकतान्त्रिक पार्टी, राप्रपा, नेकपा माओवादी समाजवादी, जनमत पार्टी, देशभक्त समाज, नेपालका लागि नेपाली पार्टी, मौलिक जरोकिलो पार्टी, सचेत नेपाली पार्टी, मंगोल नेसनल अर्गनाइजेसन, राप्रपा नेपाल र नेपाल जनता दलका उम्मेदवारले उम्मेदवारी दिएका छन् । उनीहरु दलबलसहित उम्मेदवारी दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

पोखराको उपमेयरका लागि ९ जनाले उम्मेदवारी दिएका छन् । उपमेयरका लागि आइतबार ४ र सोमबार ५ जनाले उम्मेदवारी दिएका हुन् । जसमा ८ वटा पार्टी र एक स्वतन्त्रको उम्मेदवारी छ । त्यसमध्ये ७ महिला र दुई पुरुष रहेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।