पोखरा, बैशाख १२
पोखरा महानगरपालिकाको मेयर पदका लागि २४ जनाले उम्मेदवारी दिएका छन् । आइतबार र सोमबार गरेर दुई महिलासहित २४ जनाले मेयर पदमा उम्मेदवारी दिएका हुन् ।
मेयर पदमा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले उम्मेदवारी दिएका छन् । उनको प्रस्तावकमा नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल र समर्थकमा नेकपा माओवादी केन्द्र कास्कीका संयोजक बखानसिंह तमु छन् ।
नेकपा एमालेबाट कृष्णबहादुर थापाले उम्मेदवारी दिएका छन् । शुरुमा दीपक पौडेलले टिकट पाएपनि उनको सुनचोरी काण्ड सार्वजनिक भएपछि उनको ठाउँमा टिकट ल्याएका थापाले उम्मेदवारी दर्ता गरेका छन् । उनको प्रस्तावकमा पुष्पज्योति ढुंगाना र समर्थकमा गीतादेवी विक रहेका छन् ।
मेयर पदमा दुई महिलाले उम्मेदवारी दिएका छन् । आमूल परिवर्तनशील पार्टीबाट मुना बानियाले मेयरका लागि उम्मेदवारी दिएकी छन् । उनको प्रस्तावकमा सोमबहादुर पोडे र समर्थकमा जुनु प्यारी छन् । त्यस्तै, नेपालका लागि नेपाली पार्टीबाट रोशनी बानिया बस्नेतले उम्मेदवारी दिएकी छन् । उनको प्रस्तावकमा गणेश बस्नेत र समर्थकमा सूर्यमोहन सुवेदी छन् ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिलकुमार राईले उम्मेदवारी दिएका छन् । उनको प्रस्तावकमा राजु परियार र समर्थकमा उषा ईनाम छन् । उन्नत लोकतान्त्रिक पार्टीबाट आशिष थापाले उम्मेदवारी दिएका छन् । उनको प्रस्तावकमा विनोदबहादुर कार्की र समर्थकमा निर्मला वंशल छन् । नेकपा माओवादी समाजवादीबाट भोजराज त्रिपाठीले उम्मेदवारी दिएका छन् । उनको प्रस्तावकमा कृष्णप्रसाद ओझा र समर्थकमा लक्ष्मी त्रिपाठी छन् । जनमत पार्टीबाट सरनसिंह मोक्ताले उम्मेदवारी दिएका छन् । उनको प्रस्तावकमा उमेशकुमार खनाल र समर्थकमा कपिलदेव शर्मा छन् । देशभक्त समाजबाट रनबहादुर दमैले उम्मेदवारी दिएका छन् । उनको प्रस्तावकमा सुरज भण्डारी र समर्थकमा शोभा गुरुङ छन् । राप्रपाबाट शंकर खरालले उम्मेदवारी दिएका छन् ।
यसअघि आइतबार मौलिक जरोकिलो पार्टीबाट सञ्जय तिमिल्सिनाले उम्मेदवारी दिएका छन् । उनको प्रस्तावकमा सन्तोष तिमिल्सिना र समर्थकमा नविन अधिकारी छन् । सचेत नेपाली पार्टीबाट भोजराज खनालले उम्मेदवारी दिएका छन् । उनको प्रस्तावकमा करणबहादुर नेपाली छन् भने समर्थकमा कल्पनादेवी पौडेल छन् । मंगोल नेसनल अर्गनाइजेसनबाट प्रेमप्रसाद गुरुङले उम्मेदवारी दिएका छन् । उनको प्रस्तावकमा चित्रबहादुर राना र समर्थकमा रियाज गुरुङ रहेका छन् । नेपाल जनता दलबाट मुक्तिनाथ सुवेदीले उम्मेदवारी दिएका छन् । उनको प्रस्तावकमा पूर्ण शर्मा पौडेल र समर्थकमा दुर्गा पौडेल छन् । राप्रपा नेपालबाट गोविन्द गुरुङले उम्मेदवारी दिएका छन् । उनको प्रस्तावकमा आकाश खरेल र समर्थकमा दीलमाया मोक्तान छन् ।
त्यस्तै, मेयरका लागि आईतबार ६ जना र सोमबार ४ जना गरी १० जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यसमा कांग्रेसका ३ जनाको वागी उम्मेदवारी छ । सोमबार पोखरा–५ निवासी सुनिलबहादुर कोइरालाले स्वतन्त्र उम्मेदवारी दिए । उनको प्रस्तावकमा संगीता कोइराला थापा र समर्थकमा रुद्रनाथ गौतम छन् । यसअघि आइतबार अटेरी उम्मेदवार खड्कराज पौडेल (गनेस)ले उम्मेदवारी दिएका थिए । स्थानिय तहको चुनावलाई दलविहीन चुनाव बनाउनुपर्ने एजेण्डा बोकेका उनले उम्मेदवारी दर्ताको पहिलो दिन नै आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् । पोखरा–१४ निवासी पौडेल साहित्यकार हुन् । उनको प्रस्तावकमा स्थानिय अप्सरा अधिकारी र समर्थकमा सरोज जिसी रहेका छन् ।
यसैगरी स्वतन्त्र रुपमा रामराज अधिकारी, डिलबहादुर गुरुङ, नवराज बास्तोला र किसानसिंह गुरुङले पनि उम्मेदवारी दिएका छन् । अधिकारीको प्रस्तावकमा कृष्णराज तिवारी र समर्थकमा नारायण कँडेल, गुरुङको प्रस्तावकमा शान्तीदेवी पौडेल आचार्य र समर्थकमा संगीत गुरुङ, बास्तोलाको प्रस्तावकमा ऋषिराम बराल र समर्थकमा अजय विक छन् ।
त्यस्तै, मेयरका लागि विप्लव नेतृत्वको नेकपाका नेता किसानसिंह गुरुङले पनि उम्मेदवारी दिएका छन् । उनको प्रस्तावकमा मनबहादुर विश्वकर्मा र समर्थकमा पवित्रा विक छन् ।
कांग्रेसका ३ जनाले हाले बागी उम्मेदवारी
पोखरामा नेपाली कांग्रेसले मेयर पदमा नेकपा एकीकृत समाजवादीलाई सघाएपछि कांग्रेसका ३ जना क्रियाशिल कार्यकर्ताले बागी उम्मेदवारी हालेका छन् । आइतबार एक र सोमबार दुई जना गरी कुल ३ जनाले कांग्रेसबाट बागी उम्मेदवारी हालेका हुन् । बागी उम्मेदवारी हाल्नेमा ऋषिराम सापकोटा, नन्दप्रसाद तिवारी र विमलबहादुर कार्की छन् । पोखरा–९ निवासी सापकोटा कांग्रेस कास्कीका पूर्व कोषाध्यक्ष हुन् भने तिवारी तत्कालीन नेपाली कांग्रेस प्रजातान्त्रिकका कास्की जिल्ला सचिव तथा कार्की तरुण दल कास्कीका संस्थापकका साथै वर्तमान क्षेत्रीय प्रतिनिधि हुन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १३ भदौ । सहारा क्लब पोखराले आयोजना गरेको ‘समर हाइकिङ फर…





