आसन्न स्थानीय तह निर्वाचनमा कास्कीको मादी गाउँपालिकामा नेपाली काँग्रेस र माओवादी केन्द्रले चुनावी गठबन्धन गरेका छन्।
मादी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसबाट देविजंग गुरुङ र माओवादी केन्द्रबाट लालबहादुर गुरुङले हिजो उम्मेदवारी दर्ता गराएका छन्।
जिल्लामा पाँच दलीय गठबन्धनबाट तालमेलको प्रयास भएपनि सफल हुन सकेको थिएन। मादीमा अध्यक्ष र उपाध्यक्षमा दुई दलले सिट बाँडफाँट गरेका हुन्। जिल्लाका अन्य पालिकामा पनि अझै तालमेल हुने भन्दै माओवादीले उपाध्यक्ष मात्र उठाएको छ।
माओवादी केन्द्रले माछापुच्छ्रे गाउँपालिकाको उपाध्यक्षमा प्रविणा अधिकारी, रुपामा नवराज बराल र अन्नपूर्णमा धर्म तमुलाई उम्मेदवार बनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १३ भदौ । सहारा क्लब पोखराले आयोजना गरेको ‘समर हाइकिङ फर…





