काठमाडौं महानगरको मेयर पदमा ५६ र उपमेयरमा ३१ उम्मेदवारी


     एभरेस्ट आवाज    
     वैशाख १३ गते २०७९ मा प्रकाशित




काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) का लागि ५६ जनाको उम्मेदवारी परेको छ।

यीमध्ये २१ जनाले दलका तर्फबाट उम्मेदवारी दिएका हुन्।

३५ जनाले स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएका हुन्। मेयर पदका लागि उम्मेदवारी दिनेमध्ये ८ महिला छन्।

यस्तै, उपप्रमुख(उपमेयर) पदमा ३१ जनाको उम्मेदवारी परेको छ। यीमध्ये १२ जनाले दलका तर्फबाट र १९ ले स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएका हुन्। उपमेयरमा उम्मेदवारी दिनेमा १२ महिला छन्।

काठमाडौंका सबै पालिकामा जम्मा एक हजार २६२ जनाले मनोनयन पत्र दर्ता गराएका छन्। प्रमुखका लागि १२५ र उपप्रमुखका लागि ५७ र वडाध्यक्षका लागि ३३४जनाको उम्मेदवारी परेको छ।

महिला सदस्यका लागि १९१, दलित महिला सदस्यका लागि १२९ जनाले र सदस्यका लागि ४२६ जनाले मनोनयनपत्र दर्ता गराएका हुन्।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।