कास्कीको अन्नपूर्णमा अध्यक्षमा ११, उपाध्यक्षमा ५ जना उम्मेदवार


     एभरेस्ट आवाज    
     वैशाख १३ गते २०७९ मा प्रकाशित




पोखरा, बैशाख १३

कास्कीमा गठबन्धन दलहरुबीच तालमेल नभएपछि छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेका छन् । कास्कीमा अन्तिम समयमा पदीय भागवण्डा नमिलेपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवारी छुट्टाछुट्टै भएपनि उम्मेदवारी फिर्ताको समयसीमा भित्रमा तालमेलको सम्भावना बाँकी रहेकाले त्यसको प्रयास भइरहेको गठबन्धनका दलका नेताहरुले बताएका छन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिकामा अध्यक्षका लागि ११ जनाले उम्मेदवारी दर्ता गरेका छन् । अन्नपूर्णमा ८ वटा पार्टी र ३ स्वतन्त्रले उम्मेदवारी दर्ता गरेका हुन् । उक्त गाउँपालिकामा एमालेका विष्णुबहादुर केसी, कांग्रेसका युवराज कुँवर, नेकपा माओवादी केन्द्रका हरिमाया तिमिल्सिना अधिकारी, जसपाका नवराज पौडेल, नेकपा एकीकृत समाजवादीका तुलसी दाहाल, राप्रपाका पूर्णचन्द्र चुवाई, मंगोल नेसनल अर्गनाइजेसनका मनतोष घले, राप्रपा नेपालका दानबहादुर गुरुङ तथा स्वतन्त्रबाट भक्त गिरी, पशुपती भण्डारी र ईन्द्रबहादुर गुरुङले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले जनाएको छ ।

अन्नपूर्ण गाउँपालिकाको उपाध्यक्षका लागि ५ वटा पार्टीका ५ जनाले उम्मेदवारी दर्ता गरेका छन् । उपाध्यक्षमा एमालेकी चन्द्रकला अधिकारी, कांग्रेसकी खिमकुमारी गुरुङ, माओवादी केन्द्रका धर्मबहादुर गुरुङ, नेकपा एसका नन्दकुमारी भण्डारी र राप्रपाका सीतादेवी भण्डारीले उम्मेदवारी दिएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।