पोखरा, बैशाख १३
माछापुच्छ«े गाउँपालिकाको अध्यक्षका लागि ५ जनाले उम्मेदवारी दिएका छन् । सो गाउँपालिकामा ४ दल र एक स्वतन्त्रले अध्यक्षका लागि उम्मेदवारी दिएका हुन् । उम्मेदवारी दिनेमा एमालेका विक्रम गुरुङ, कांग्रेसका मीनबहादुर गुरुङ, राप्रपाका आशिष शाही, मंगोल नेसनल अर्गनाइजेसका डमराज मगर र स्वतन्त्र उम्मेदवार पानबहादुर जिसीले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले जनाएको छ ।
माछापुच्छ«े गाउँपालिकाको उपाध्यक्षमा ६ वटा पार्टीका ४ महिलासहित ६ जनाले उम्मेदवारी दिएका छन् । माछापुच्छ«ेमा एमालेकी सीता तिवारी, कांग्रेसकी सीता अधिकारी, माओवादी केन्द्रकी प्रविणा अधिकारी, जसपाका जगतबहादुर गुरुङ, नेकपा एसका आसिम गुरुङ र राप्रपाकी राधा थापा मगरले उम्मेदवारी दिएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







