कास्कीको मादी गाउँपालिकाको अध्यक्षमा ४, उपाध्यक्षमा ३ जना उम्मेदवार


     एभरेस्ट आवाज    
     वैशाख १३ गते २०७९ मा प्रकाशित




पोखरा, बैशाख १३

कास्कीको उत्तरपूर्वी क्षेत्रमा रहेको मादी गाउँपालिकाको अध्यक्षमा ४ वटा पार्टीका १ महिलासहित ४ जनाले उम्मेदवारी दिएका छन् । मादीमा एमालेका शिवबहादुर गुरुङ (महेन्द्र), कांग्रेसका देवीजङ्ग गुरुङ, जसपाका बबिता आचार्य अधिकारी र राप्रपाका लिलामोहन कुईकेलले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले जनाएको छ ।। यो पालिकामा कांग्रेसले अध्यक्ष र माओवादीले उपाध्यक्ष पाउनेगरी तालमेल भएकाले अध्यक्षमा माओवादी केन्द्रले उम्मेदवारी दिएको छैन ।

मादीको उपाध्यक्षमा ३ वटा पार्टीका २ महिलासहित ३ जनाले उम्मेदवारी दिएका छन् । मादीमा एमालेकी कल्पना गुरुङ, माओवादी केन्द्रका लालबहादुर गुरुङ र राप्रपाका सरला पौडेलले उम्मेदवारी दिएका छन् । यहाँ माओवादीका लालबहादुरलाई कांग्रेसको समर्थन छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।