पोखरा – ३ को वडाध्यक्षमा ५ जनाको उम्मेद्वारी को–को ?(विवरण सहित)


     एभरेस्ट आवाज    
     वैशाख १३ गते २०७९ मा प्रकाशित




पोखरा । स्थानिय तहको निर्वाचनमा पोखरा महानगरपालिका वडा नम्बर–३ को वडाध्यक्षमा ४ पार्टीले उम्मेदवारी दिएका छन् । पोखरा वडा नम्बर–३ को वडाध्यक्षमा एमालेका विष्णुशंकर ख्वाउजु, कांग्रेसका प्रकाशमान उदास, राप्रपाका मानबहादुर भण्डारी र स्वतन्त्रबाट अटेरी उम्मेदवार महेश उदासले उम्मेदवारी दिएका छन् ।

पोखरा वडा नम्बर–३ को २ खुल्ला सदस्यमा एमालेबाट जगतलाल शाही र लेखबहादुर प्रधान, कांग्रेसबाट नवीन आले मगर र सनकमान सिके, माओवादी केन्द्रबाट भीमबहादुर गुरुङ, राप्रपाबाट रञ्जन ताम्राकार तथा स्वतन्त्रबाट दीनेश उदास र पुनम खड्की साईले उम्मेदवारी दिएका छन् ।

त्यस्तै, १ महिला सदस्यका लागि एमालेकी बर्मिला श्रेष्ठ र कांग्रेसबाट शान्तीदेवी पराजुलीले उम्मेदवारी दिएका छन् । यसैगरी, दलित महिला सदस्यमा एमालेकी पुष्पमादेवी रणपाल, कांग्रेसबाट सवि परियार, माओवादी केन्द्रबाट मनमाया विक र राप्रपाबाट लक्ष्मी नेपालीले उम्मेदवारी दिएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।