पोखरा । स्थानिय तहको निर्वाचनमा पोखरा महानगरपालिका वडा नम्बर–४ को वडाध्यक्षमा ३ पार्टीका उम्मेदवारले उम्मेदवारी दिएका छन् । पोखरा वडा नम्बर–४ मा एमालेका एमालेका मदनकुमार मुल्मी, कांग्रेसका देवकृष्ण पराजुली र माओवादी केन्द्रका लोकनाथ भण्डारीले उम्मेदवारी दिएका छन् ।
खुल्ला २ सदस्यमा एमालेका सीमा कोइराला र अब्दुल हमिद मिया, कांग्रेसका प्रकाश कोइराला र सञ्जयकुमार श्रेष्ठ, माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र राजेन्द्रनाथ कोइराला तथा नेकपा एसका अनिलबहादुर कोइरालाले उम्मेदवारी दिएका छन् ।
एक महिला सदस्यमा एमालेकी लक्ष्मीदेवी पराजुली, कांग्रेसकी पार्वती श्रेष्ठ माकाजु, माओवादी केन्द्रकी शिवकुमारी घर्ती र नेकपा एसकी पवित्रा न्यौपानेले उम्मेदवारी दिएका छन् ।
दलित महिला सदस्यमा एमालेकी कमला सिके र कांग्रेसकी विष्णुमाया परियारले उम्मेदवारी दिएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







