कास्कीको अन्नपूर्ण–१ को वडाध्यक्षमा ६ जनाको उम्मेदवारी


     एभरेस्ट आवाज    
     वैशाख १४ गते २०७९ मा प्रकाशित




कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं १ को वडाध्यक्षमा ६ जनाको उम्मेदवारी दर्ता गराएका छन्।

जसमध्ये, नेकपा एमालेका तुलसीप्रसाद अधिकारी, नेपाली काँग्रेसबाट इन्द्रप्रसाद सुवेदी, नेकपा माओवादी (केन्द्र) बाट गोविन्दप्रसाद अधिकारी, राप्रपाबाट बिष्णुहरि भण्डारी र स्वतन्त्रबाट दिपेश दाहाल र बलबहादुर कुँवरले उम्मेदवारी दर्ता गराएका हुन्।

त्यस्तै खुल्ला सदस्यका लागि ८, महिला सदस्यका लागि ३ र दलित महिला सदस्यका लागि ४ जनाको उम्मेदवारी दर्ता गराएका छन्।

खुल्ला सदस्यका लागि नेकपा एमालेको तर्फबाट नरपति भण्डारी र खेमबहादुर कुँवर, नेपाली काँग्रेसबाट नवराज श्रेष्ठ र चित्रमोहन सुवेदी, नेकपा माओवादी (केन्द्र) बाट कृष्णप्रसाद अधिकारी र जीवनाथ भण्डारी, राप्रपाबाट जीवन कुँवर र खड्गबहादुर कामीले उम्मेदवारी दर्ता गराएका छन्।

महिला सदस्यका लागि नेकपा एमालेबाट बालिका सुवेदी, नेपाली काँग्रेसबाट अम्बिका कुँवर र नेकपा माओवादी (केन्द्र) बाट सुनिता पौडेलले उम्मेदवारी दर्ता गराएका छन्।

त्यसैगरि, दलित महिला सदस्यका लागि नेकपा एमालेको तर्फबाट नारायणी परियार, नेपाली काँग्रेसबाट सम्झना बि.क., नेकपा माओवादी (केन्द्र) बाट शारदा परियार र राप्रपाबाट राजकुमारी परियारले उम्मेदवारी दर्ता गराएका छन्।

अन्नपूर्ण गाउँपालिका अध्यक्षका लागि ११ र उपाध्यक्षका लागि ५ जनाको उम्मेदवारी दर्ता गराएका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।