कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ३ मा ५ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
जसमध्ये, नेकपा एमालेबाट फणिन्दप्रसाद पौडेल, नेपाली काँग्रेसबाट डिल्लीराम पौडेल, नेकपा माओवादी (केन्द्र) बाट बिष्णुप्रसाद पौडेल, राप्रपाबाट सम्राट गुरुङ र स्वतन्त्रबाट डिलबहादुर क्षत्रीले उम्मेदवारी दर्ता गराएका हुन्।
त्यस्तै, खुल्ला सदस्यका लागि ९, महिला सदस्यका लागि ५ र दलित महिला सदस्यका लागि ५ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
खुल्ला सदस्यका लागि नेकपा एमालेको तर्फबाट कृष्णप्रसाद पौडेल र अम्मरबहादुर केसी, नेपाली काँग्रेसबाट प्रकाश गुरुङ र जयलाल पौडेल, नेकपा माओवादी (केन्द्र) बाट भोजबहादुर सार्की र ओमप्रसाद पौडेल, नेकपा (एकीकृत, समाजवादी) बाट चतुर्मान विश्वकर्मा र राप्रपाबाट ज्ञानबहादुर थापा र टेकबहादुर कामीले उम्मेदवारी दर्ता गराएका हुन्।
त्यसैगरि, महिला सदस्यका लागि नेकपा एमालेबाट पार्वती पौडेल, नेपाली काँग्रेसबाट माया गुरुङ, नेकपा माओवादी (केन्द्र) बाट रुपा बि.क., राप्रपाबाट मिठुमाया भारती र स्वतन्त्रबाट भीमा पौडेलले उम्मेदवारी दर्ता गराएका हुन्।
त्यस्तै, दलित महिला सदस्यका लागि नेकपा एमालेबाट दिलमाया सुनार, नेपाली काँग्रेसबाट बिबा सुनार, नेकपा माओवादी (केन्द्र) बाट लक्ष्मी सार्की, नेकपा (एकीकृत, समाजवादी) बाट सन्तमाया बि.क. चदारो र राप्रपाबाट सावित्री बि.क.ले उम्मेदवारी दर्ता गराएका हुन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







