कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ६ मा वडाध्यक्ष पदमा ४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
जसमध्ये, नेकपा एमालेका एकदेव देवकोटा, नेपाली काँग्रेसका नवीन गुरुङ, नेकपा माओवादी (केन्द्र) का चुडामणि देवकोटा र जनता समाजवादी पार्टी नेपालका प्रदीप देवकोटाले उम्मेदवारी दर्ता गराएका हुन्।
त्यसैगरि, सो वडाका लागि खुल्ला सदस्य पदका लागि ८, महिला सदस्यमा ३ र दलित महिला सदस्यका लागि ३ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
खुल्ला सदस्य पदका लागि नेकपा एमालेका निलकण्ठ जैसी र गणेशबहादुर पर्ति जिसी, नेपाली काँग्रेसका अम्बरबहादुर केसी र चीनबहादुर खत्री क्षत्री, नेकपा माओवादी (केन्द्र) का होमनाथ सुवेदी र जीवन देवकोटा तथा नेकपा (एकीकृत, समाजवादी) का घनश्याम देवकोटा र भरत देवकोटाले उम्मेदवारी दर्ता गराएका हुन्।
त्यसैगरि, महिला सदस्य पदका लागि नेकपा एमालेकी सीमा क्षत्री, नेपाली काँग्रेसकी चलशोभा गुरुङ र नेकपा माओवादी (केन्द्र) की सम्झना गुरुङले उम्मेदवारी दर्ता गराएकी हुन्।
त्यस्तै, दलित महिला सदस्य पदका लागि नेकपा एमालेकी देवी कामी, नेपाली काँग्रेसकी दुर्गा बि.क. र नेकपा माओवादी (केन्द्र) की जौ माया बि.क.ले उम्मेदवारी दर्ता गराएकी हुन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







