पोखरा महानगरपालिका वडा नम्बर–१२ को वडाध्यक्षमा ४ पार्टीबाट उम्मेदवारी


     एभरेस्ट आवाज    
     वैशाख १४ गते २०७९ मा प्रकाशित




कास्की । पोखरा महानगरपालिका वडा नम्बर–१२ को वडाध्यक्षमा ४ पार्टीबाट उम्मेदवारी परेको छ । वडाध्यक्षको उम्मेदवारी दिनेहरुमा एमालेका देशभक्त केसी, कांग्रेसका सन्तोष बास्तोला, नेकपा माओवादी केन्द्रका गोविन्दप्रसाद घिमिरे र राप्रपाका अमृत आचार्य छन् ।

२ सदस्यहरुमा एमालेका निर्मलबहादुर थापा र शान्ती गुरुङ, कांग्रेसका गोविन्दप्रसाद सिग्देल र सन्तबहादुर थापा, माओवादी केन्द्रका डीलबहादुर केसी र बिरेन्द्रबहादुर थापा क्षेत्री, नेकपा एसका ईन्दिरा पन्त र डिलाराम लामिछाने तथा राप्रपाका विष्णुमाया पराजुली र राजकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

एक महिला सदस्यमा एमालेकी लक्ष्मी कुँवर, कांग्रेसकी शान्ती कोइराला, माओवादी केन्द्रकी चन्द्रकुमारी पराजुली र राप्रपाकी बिना शर्माले उम्मेदवारी दिएका छन् ।

त्यस्तै एक दलित महिला सदस्यमा एमालेकी विष्णु विश्वकर्मा, गुमादेवी परियार, माओवादी केन्द्रकी मीनाकुमारी कामी र राप्रपाकी जयदेवी दमैले उम्मेदवारी दिएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।