कास्की । पोखरा महानगरपालिका वडा नम्बर–१३ को वडाध्यक्षमा ४ पार्टी र २ स्वतन्त्र गरेर ६ जनाले उम्मेदवारी दिएका छन् । वडाध्यक्षमा उम्मेदवारी दिनेमा एमालेका वसन्तराज बराल, कांग्रेसका किरण बराल, माओवादी केन्द्रका ईन्द्रराज बराल, राप्रपाका युवराज बराल तथा स्वतन्त्र रुपमा विष्णुप्रसाद बराल र अमृतबहादुर विश्वकर्माले उम्मेदवारी दिएका छन् ।
२ खुल्ला सदस्यमा एमालेका अम्जत मिया र निलकण्ठ सिग्देल, कांग्रेसका बलबहादुर बराल र सरीफ अलिमिया, माओवादी केन्द्रका मंगलबहादुर सार्की र लिल्ला मिया, नेकपा एसका अज्मुदिन मिया र जितबहादुर सुनार, राप्रपाका लालबहादुर नेपाली र लेखबहादुर गुरुङ तथा स्वतन्त्र रुपमा केशबहादुर गुरुङले उम्मेदवारी दिएका छन् ।
एक महिला सदस्यमा एमालेकी कृष्णकुमारी गुरुङ, कांग्रेसकी सुचित तामाङ, माओवादी केन्द्रकी कोपिला क्षेत्री, राप्रपाकी चन्द्रा गुरुङ र स्वतन्त्रबाट सीता परियारले उम्मेदवाी दिएकी छन् । एक दलित महिला सदस्यमा एमालेकी कमला विक, कांग्रेसकी रजनी परियार, माओवादी केन्द्रकी सकुन्तला परियार र राप्रपाकी वसन्त विश्वकर्माले उम्मेदवारी दिएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







