पोखरा १६ को वडाध्यक्षका लागि ५ जनाको उम्मेदवारी


     एभरेस्ट आवाज    
     वैशाख १४ गते २०७९ मा प्रकाशित




पोखरा महानगरपालिका वडा नम्बर–१६ को वडाध्यक्षमा ४ पार्टी र एक स्वतन्त्र गरी ५ जनाले उम्मेदवारी दिएका छन् । वडाध्यक्षमा उम्मेदवारी दिनेमा एमालेका राजेश गुरुङ, कांग्रेसका अमृत शर्मा तिमिल्सिना, राप्रपाका रामचन्द्र शर्मा, नेकपा माओवादी समाजवादीका भीमसेन शाह र स्वतन्त्र उम्मेदवार यमप्रसाद भट्टराईले उम्मेदवारी दिएका छन् ।

दुई खुल्ला सदस्यमा एमालेका रामचन्द्र आचार्य र रामकाजी गुरुङ, कांग्रेसका मीनबहादुर गुरुङ, माओवादी केन्द्रका निर्मल आचार्य, नेकपा एसका मनिष गुरुङ तथा राप्रपाका विष्णुप्रसाद आचार्य र बिरबहादुर खड्का तथा जनमोर्चाका प्रेम गायकले उम्मेदवारी दिएका छन् ।

एक महिला सदस्यका लागि एमालेकी राजकुमारी बानिया, माओवादी केन्द्रकी भगवती भट्टराई, नेकपा एसकी पार्वती कार्की र राप्रपाकी निर्मला बास्तोला (आचार्य)ले उम्मेदवारी दिएका छन् । एक दलित महिला सदस्यका लागि एमालेकी मञ्जु नेपाली, कांग्रेसकी ओममाया नेपाली र राप्रपाकी पानुदेवी नेपालीले उम्मेदवारी दिएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।