कास्की । पोखरा महानगरपालिका वडा नम्बर–१७ को वडाध्यक्षमा एक महिलासहित ८ जनाले उम्मेदवारी दिएका छन् । वडाध्यक्षमा उम्मेदवारी दिनेमा एमालेकी राधिकाकुमारी शाही योगी, कांग्रेसका देवराज आचार्य, माओवादी केन्द्रका ओमबहादुर पौडेल, जसपाका चन्द्रबहादुर आले,नेकपा एसका झपिन्द्रराज रेग्मी, राप्रपाका धनविक्रम मल्ला, जनमोर्चाका रामप्रसाद शर्मा (पौडेल) र स्वतन्त्र उम्मेदवार दीपेन्द्र बरालले उम्मेदवारी दिएका छन् ।
दुई खुल्ला सदस्यका लागि एमालेका विक्रम गुरुङ र शिवराम भण्डारी, कांग्रेसका विनम गुरुङ र विक्रम भण्डारी, माओवादी केन्द्रका भुवानीप्रसाद भट्टराई र शालिकराम देवकोटा, नेकपा एसका गोविन्द बराल तथा राप्रपाका भक्तबहादुर रानाभाट र मुन्नी मल्लले उम्मेदवारी दिएका छन् ।
एक महिला सदस्यका लागि एमालेकी विष्णुकुमारी थापा, कांग्रेसकी रञ्जिता रेग्मी, माओवादी केन्द्रकी उर्मिला कार्की, जसपाकी जनकुमारी पुन भन्ने जनकुमारी मगर र राप्रपाकी गंगा क्षेत्रीले उम्मेदवारी दिएकी छन् ।
एक दलित महिला सदस्यका लागि एमालेकी तारा परियार, कांग्रेसकी शोभा विश्वकर्मा, माओवादी केन्द्रकी सुमित्रा दर्जी र राप्रपाकी सीता विश्वकर्माले उम्मेदवारी दिएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







